Logo

ओली प्रचण्ड भेटवार्ता, दुवैको आ-आफ्नै अडान



काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा भएको वार्तामा पार्टीभित्रको विवाद समाधानको उपायबारे गम्भीर छलफल भएको बुझिएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार वार्ता सकारात्मक भएको छ । दुवै अध्यक्ष छिट्टै निकास निकाल्न सहमत भएका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सचिवालयमा प्रस्तुत प्रतिवेदनमाथि छलफल नगर्ने पुरानै शर्त राखेको बुझिएको छ । प्रचण्डले भने छलफल गरेर निर्णयमा पुग्न आग्रह गरेका छन् ।

२८ गते बस्ने स्थायी कमिटीको बैठकमा सहभागी हुन प्रचण्डले ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले प्रतिवेदनमाथि छलफल नहुने भए आउने बताए । स्थायी कमिटीप्रति ओली लचिलो भएपनि केन्द्रीय कमिटी बैठक रोक्ने पक्षमा देखिए ।

प्रचण्डले समस्याको निकास निकाल्न छलफल गरेर बढ्नुपर्नेमा जोड दिए । दुवै नेताले थप छलफल गर्ने भन्दै संवादको ढोका खोलिएकोलाई सकारात्मक रुपमा लिएको बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्