Logo

गणतन्त्रलाई खतरा कमल होइन, ओली हुन्ः खगेन्द्र संग्रौला



काठमाडौं, २४ मंसिर । लेखक खगेन्द्र संग्रौलाले गणतन्त्रका लागि प्रधानमन्त्री केपी शर्मा ओलीबाट खतरा भएको टिप्पणी गरेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबाट नभई ओलीबाट त्यस्तो खतरा रहेको टिप्पणी गरेका हुन् ।

‘वास्तवमा गणतन्त्रलाई खतरा कमल होइन, ओली हुन्,’ सामाजिक सञ्जालमा आज संग्रौलाले लेखेका छन्, ‘तसर्थ कमलको बोलीमा लोली मिलाउँदै सडक बोलोस् ओली हटाऊ गणतन्त्र बचाऊ !’ उनले कमल थापालाई गणतन्त्रको छद्म सचेतक भनेका छन् ।

पछिल्लो समय राजावादीको सक्रियता बढेसँगै संग्रौलाले कडा टिप्पणीहरु गर्दै आएका छन् । उनले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै आएका छन् ।

संग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्ः कमल थापा गणतन्त्रका छद्म सचेतक हुन्।यदाकदा सडकमा अाेर्लेर कमल भन्छन्- लुटतन्त्रीय कुशासन नै चलाउने हाे भने तिम्रा अाेलीभन्दा हाम्रा राजा तगडा छन्।म त भन्छु- वास्तवमा गणतन्त्रलाई खतरा कमल हाेइन,अाेली हुन्।तसर्थ कमलकाे बाेलीमा लाेली मिलाउँदै सडक बाेलाेस्- अाेली हटाऊ,गणतन्त्र बचाऊ!



प्रतिक्रिया दिनुहोस्

Screenshot