Logo

काठमाडौंमा ५०७ जनामा संक्रमण पुष्टि



काठमाडौं, २४ मंसिर । २४ घन्टामा काठमाडौं उपत्यकामा ५०७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ५६ जना संक्रमित थपिएकोमा काठमाडौमा मात्र ५०७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमित मध्ये काठमाडौका ३९३ जना, भक्तपुरका ३९ जना र ललितपुरका ७५ जना रहेका छन् । आज ६ हजार २ सय ८६ नमुना परिक्षण गरेकोमा १०५६ जनाको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । आज १ हजार ४ सय ८३ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

हालसम्म २ लाख ४४ हजार ४ सय ३३ संक्रमित भएपनि २ लाख ३० हजार ५ सय ३७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ हजार २ सय ४५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्