Logo

नेपाल विद्युत प्राधिकरणका कर्मचारी रकमसहित पक्राउ



तनहुँ, २४ मंसिर । नेपाल विद्युत प्राधिकरण तनहुँका कर्मचारी कृष्ण आलेलाई रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ । विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्र, आँबु प्रशाखामा कार्यरत कर्मचारी (तह(४) आलेले सेवाग्राहीसँग गैरकानूनी रुपमा अतिरिक्त रकम माग गरिरहेको सुचनाको आधारमा अख्तियारले रकमसहित नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ५ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा आलेलाई आबुँखैरेनी कार्यालयबाट मंसिर २३ गते नियन्त्रण लिई अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot