Logo

सडक मर्मतका लागि रकम माग



काठमाडौं, २५ मंसिर । सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग रु एक अर्ब ५० करोड माग गरेको छ ।

वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग रु एक अर्ब ५० करोड माग गरिएको विभागले जनाएको छ । यो वर्ष गत वर्षभन्दा बढी वर्षा भएका कारण सडकमा बढी क्षति पुगेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए।

उनका अनुसार अरनिको राजमार्गका विभिन्न खण्ड, बेनी जोमसोम सडक र साँफेबगर मार्तडी सडकमा बढी क्षति पुगेको छ । यी सडक पूरै बिग्रिएकाले सामान्य मर्मतले नपुग्ने उनको भनाइ छ । उनले भभे, “सामान्य मर्मतले मात्रै नहुने हुँदा हामीले थप रकम माग गरिएको हो ।”

सडक र पुलनै बगाएको स्थानमा मर्मतले नहुने भएकाले त्यहाँ पुनर्निर्माण नै गर्नुपर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ । पुल बगाएका स्थानमा बेलिब्रिज राखेर आवतजावतलाई नियमित गरिएको उनको भनाइ छ । उनले भभे, “साँफेबगर–मार्तडी सडकमा एउटा बेलिब्रिज राख्न लागिएको छ ।”

उत्तर दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोर निर्माणाधीन सडक हो । निर्माणाधीन सडकमा कम क्षति भए चालु ठेक्काबाट काम गराउन सकिने भए पनि धेरै क्षति पुगेकाले थप रकम आवश्यक भएको उपमहानिर्देशक अधिकारीले बताए। अरनिको राजमार्गको बाह्बिसेदेखि भन्सारसम्मको सडक पुनःस्थापना गर्नुपर्ने छ ।

सडक विभागले सडक बोर्ड नेपालले छुट्ट्याएको बजेटमार्फत वर्षेनी नियमित रुपमा सडकको मर्मत गर्दै आएको छ । धेरै राजमार्गमा यस वर्ष पनि मर्मतको योजना गरिएको विभागले जनाएको छ । कतिपय सडकमा यस वर्षदेखि विश्व बैंकको आर्थिक सहयोगमा समेतमर्मत हुँदैछ । रासस



प्रतिक्रिया दिनुहोस्