गलकोट, २५ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्यतिथिमा उनकै निवास बागलुङ नगरपालिका–३ गुठी पुगेर आज बिहान उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
स्वर्गीय केसीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए । खत्रीको ७७ वर्षका उमेरमा आफ्नै निवासमा निधन भएको थियो । रासस