Logo

सालकको खपेटा सहित २ जना पक्राउ



काठमाडौं, २५ काठमाडौ । सालकको खपेटा सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं सोह्रखुट्टे चोक नजिकबाट ७ सय ६० ग्राम सालकको खपेटा, नगद ३५ हजार रुपैयाँ र १ थान मोटरसाइकल सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काभ्रे बनेपा बस्ने सिन्धुली घर भएका रबिन तामाङ र काभ्रे बस्ने टेक बहादुर आले मगर रहेका छन् । सोही ठाउँस्थित सूर्यदेव मिठाई पसलभित्र दुर्लभ वन्यजन्तु सालकको खपेटा बिक्री भइरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त खपेटा र नगद फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot