Logo

बुबाको हत्या गर्ने छोरी पक्राउ



उदयपुर, २५ मंसिर । घरायसी विवाद हुदाँ छोरीले आफ्नै बुबाको हत्या गरेकी छिन् । बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका–२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot