Logo

मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत



इलाम, २५ मंसिर । मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् । मानवअधिकार दिवसका अवसरमा मानवअधिकार मञ्च नेपाल इलामले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारबाट यस पटक ताप्लेजुङका पत्रकार गौतम पुरस्कृत भएका हुन्। गौतम कान्तिपुर दैनिकका उपसम्पादक हुन् ।

प्रदेश नंं १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण राज्यमन्त्री राम राना र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले संयुक्त रुपमा उनलाई रु दश हजारसहित खादा लगाएर पुरस्कृत गरेका थिए । यसभन्दा पहिले नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष कोकिला ढकाल, महासङ्घ केन्द्रीय सदस्य सटेन्द्र जवेगू, कान्तिपुरकर्मी पर्वत पोर्तेल, कञ्चनजङ्घा एफएमका चन्द्र भण्डारीलगायत पुरस्कृत भइसकेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्