Logo

घाँटीमा पासो लगाएर सुनको मुन्द्रा चोर्दा…



पाल्पा, २५ मंसिर । सुनको मुन्द्रा चोरी गरेको अभियोगमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन् । आफ्नै काकाको कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा बग्नासकाली गाउँपालिका–९ का हेम बहादुर सनमानिलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

हेम बहादुरले काकालाई घाँटीमा पासो लगाएर घाइते बनाई कानमा लगाएको सुनको मुन्द्रा चोरी गरी फरार भएपछि अस्थाई प्रहरी चौकी भुसालडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

घाइतेलाई उपचारको लागि मिशन अस्पताल पाल्पातर्फ पठाएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्