Logo

बलिउड नायकहरुको पारिश्रमिक कस्को कति



एजेन्सी, २५ मंसिर । सबैलाई थाहा छ बलिउडका हस्तीहरुले फिल्ममा काम गरेको पारिश्रमिक धेरै लिन्छन् । हरेक कलाकारहरुले फिल्म हिट हुदै जाँदा आफ्नो पारिश्रमिक पनि बढाउँदै जान्छन् । तर फिल्म फ्लप भएपनि पारिश्रमिक कम गर्दैनन् । सफलताको श्रेय आफै लिन्छन् भने असफलताको लागि अरुलाई दोष दिन्छन् । निर्देशक राम्रो भएमा कलाकारले थोरै पैसामा पनि काम गर्छन् । फिल्म सफल भएपछि कलाकारले आफ्नो फि फेरी बढाउँछन् । आज हामी चर्चित स्टार्सहरुले कति लिन्छन् पारिश्रमिक । त्यसको बारेमा चर्चा गरौ ।

रणवीर सिंहः बाजीराव मस्तानी भन्दा पहिला रणवीर सिंहले ३ करोड देखि ५ करोड रुपैयाँको बीचमा लिने गर्थे । तर, बाजीरामा मस्तानी, पद्यावत र सिम्बाको सफलता पछि उनले १५ देखि १८ करोड भारतीय रुपैयाँ लिन्छन् ।

वरुण धवनः वरुण धवनले आजसम्म कुनै पनि फिल्ममा नोक्सान पु¥याएका छैनन् । उनले पहिला ५ देखि ७ करोड सम्म लिन्थे तर हाल भने उनले १५ देखि १८ करोड पारिश्रमिक लिने गर्छन् ।

रणबीर कपुरः रणबीरका फिल्म फ्लप भएपनि उनी आजसम्म फ्लप भएनन् । उनको डिमाण्ड बढ्दै गयो । सन्जु भन्दा पहिला २० देखि २५ करोड रुपैयाँ प्रति फिल्म लिने गर्थे तर, हाल उनले ३० करोड रुपैयाँ भन्दा माथि लिने गरेका छन् ।

अमिताभ बच्चनः हाल अमिताभको उमेर ७५ पुगेको छ । तर, उनले लिने पारिश्रमिक युवाको भन्दा धेरै छ । रोल हेरेर उनले फि निर्धारण गर्ने गर्छन् । उनले प्रति फिल्म १२ देखि १५ करोड रुपैयाँ लिने गर्छन् ।

रितिक रोशनः थोरै मात्र फिल्ममा काम गर्ने रितिकले ३० देखि ४० करोड रुपैयाँ लिने गर्छन् । कयौपटक यो भन्दा धेरै पनि लिने गर्छन् ।

अजय देवगनः अजय देवगनले फिल्मको बजेट हेरेर मात्र पारिश्रमिक लिने निधो गर्छन् । उनले पारिश्रमिक ३० देखि ४० करोड रुपैयाँ प्रति फिल्म लिन्छन् ।

अक्षय कुमारः फि धेरै लिनेमा अक्षय कुमार सबैभन्दा अगाडि छन् । ४० देखि ५० करोड रुपैयाँ सम्म पारिश्रमिक लिने गर्छन् । कहिले–कहिले त फिल्मको नाफाको हिस्सा पनि लिन्छन् । उनले जाली एलएलबी २ मा उनले पारिश्रमिकको सट्टा नाफाको हिस्सा लिए र ५५ करोड रुपैयाँ भन्दा धेरै कमाएका थिए ।

अमिर खानः आमिर खानले ५० देखि ६० करोड रुपैयाँसम्म फि लिन्छन् । तर उनले फिल्मको नाफाको हिस्सा लिएर धेरै भन्दा धेरै कमाउँछन् । उनले ८० प्रतिशत सम्म हिस्सा लिने गर्छन् । दंगल फिल्मबाट उनले १५० करोड रुपैयाँ भन्दा धेरै कमाएका थिए । पहिले नै फिल्म हिट हुने आमिरलाई थाहा हुन्छ र यसकारण उनले फिल्मको पार्टनर हुन चाहान्छन् ।

शाहरुख खानः शाहरुख खानको फि कहिले धेरै त कहिले थोरै हुने गर्छ । करण जौहर वा आदित्य चोपडाको फिल्म गर्ने समयमा पारिश्रमिक सोध्दैनन् । जति दिन्छन त्यति नै लिन्छन् । अरुको फिल्ममा काम गर्दा भने ४० देखि ४५ करोड रुपैयाँ सम्म लिने गर्छन् । उनले पनि फिल्मको नाफाका हिस्सेदार भएर करोडौ कमाउँछन् ।

सलमान खानः सलमान खानले फिल्मको कमाईबाट हिस्सा लिने गर्छन् । उनले फिल्मको कमाइृबाट ७० देखि ८५ प्रतिशत सम्म हिस्सा लिने गर्छन् । सुल्तानमा उनले १०० करोड भन्दा धेरै कमाए । रेस ३ बक्स अफिसमा कमजोर प्रदर्शन गरेपनि सलमानले १ सय करोड भन्दा धेरै कमाएका थिए । अन्य फिल्ममा उनले ६० करोड रुपैयाँ भन्दा माथि पनि लिने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्