Logo

वीरपुर स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन



कपिलवस्तु,२५ मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका–६ वीरपुर स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन भएको छ । केन्द्र सञ्चालनमा आएपछि वडा नं ६, ७, ८ र १० का गर्भवतीहरु छोटो समयमै स्वास्थ्य संस्थामा पुग्न सक्ने छन् ।

नगर प्रमुख नेत्रराज अधिकारीले प्रसूति सेवा सञ्चालनमा आएसँगै यस क्षेत्रका गर्भवतीहरु प्रसूति गराउन बाहिर जानुपर्ने बाध्यता हटेको बताए । नगर उपप्रमुख शिवकुमारी थारुले नगरका सबै गर्भवतीलाई प्रसूति सेवा केन्द्रबाट सेवा लिन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्