एजेन्सी, २५ मंसिर । अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या भएको छ । बिहिबार गाडीमा सवार मलाला मैवान्डको गोली हानी हत्या भएको हो ।
बन्दुकधारीले उनको सवारीमा गोली चलाएका थिए । उनका चालक मोहम्मद ताहिरको पनि हत्या भएको छ ।
मैवान्ड इनिकास टीभी र रेडियोमा कार्यरत थिइन् । उनी कामका सिलसिलामा जाँदै थिइन् । बन्दुकधारी हत्यापछि भागेको बताइएको छ ।
मैवान्डकी आमाको पाँच वर्ष अघि बन्दुकधारीबाट हत्या भएको थियो । उनी अधिकारवादी थिइन् । हत्यामा संलग्नको अझै पहिचान खुल्न नसकेको जनाइएको छ ।