Logo

कोरोना बीमा दाबी भुक्तानीको ढिलाइमा चार कारणः समिति



काठमाडौं, मंसिर २६ । आवेदनमा पूरा कागजपत्र समावेश नभएको र लामो प्रक्रियाका कारण कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको पाइएको छ । बीमा समितिले कोरोना बीमासम्बन्धी गरेको अनुगमनले विभिन्न चार कारणले दाबी भुक्तानीमा ढिलाइ भएको देखाएको हो ।

समितिको अनुगमनले कागजपत्र पूरा नआउँदा नै दाबी भुक्तानीमा ढिलाइ भएको देखाएको छ । बीमितले बीमा दाबी गर्दा कोरोना बीमादण्डअनुसार तोकिएको कागजपत्र बीमा कम्पनीहरूमा पेश गर्नुपर्ने हुन्छ ।

कम्पनीहरूले कागजपत्र पूरा भए÷नभएको यकिन गरी पुल व्यवस्थापक शिखर इन्स्योरेन्समा पठाउनुपर्ने हुन्छ । तर, कम्पनीहरूले प्राप्त केही आवेदनमा पूरा कागजपत्र पूरा भए÷नभएको यकिन नै नगरी पुलमा पठाएको समितिको अनुमगनले देखाएको छ ।

फलस्वरूप दाबी भुक्तानीमा ढिलाइ भएको समितिको भनाइ छ । अब समितिले कागजपत्र पूरा÷नभएको रुजू गरेर मात्र पुलमा पठाउन निर्देशन दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्