Logo

काठमाडौंका सडकमा २ हजार बत्ती जडान गरिँदै



काठमाडौं, मंसिर २६ । काठमाडौंका मुख्य सडकहरूमा २ हजार आधुनिक सडक बत्ती जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाभित्रका मुख्य मुख्य सडकमा १७ करोड रुपैयाँको लगानीमा बत्ती जडान गर्न लागिएको हो । यसका लागि महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बिहीवार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । पहिलो चरणमा अन्तरराष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायत क्षेत्रमा आधुनिक बत्ती जडान अघि बढाइने सहमतिपत्रमा उल्लेख रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्