Logo

बाल स्वास्थ्यको अवस्था सुध्रँदो



काठमाडौं, मंसिर २६ । नेपालमा बाल स्वास्थ्य अवस्था सुध्रिँदो देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तेस्रो नेपाल बहुसूचक सर्वेक्षण २०७५÷७६ ले बाल मृत्युदर उल्लेख्य रूपमा घटेको देखाएको छ । सर्वेक्षण अनुसार हाल प्रत्येक एक हजार जीवित जन्मेका शिशुमध्ये २५ को मृत्यु हुने गरेको छ । यो सङ्ख्या २०७१ सालमा ३३ थियो ।

यो अवधिमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर पनि घटेको छ । सर्वेक्षण अनुसार प्रति एक हजार जीवित जन्मेका शिशुमध्ये पाँच वर्ष नपुग्दै ३८ को मृत्यु हुने दर घटेर २८ मा झरेको छ । पहिले एक वर्ष नपुग्दै मृत्यु हुने बालबालिकाको मृत्युदर प्रति एक हजारमा २३ रहेकोमा अहिले १६ जनामा झरेको छ ।

सबैभन्दा बढी नवजात शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा प्रति एक हजारमा २५ जना र सबैभन्दा कम बागमती प्रदेशमा नौ जना रहेको छ । शिशु मृत्युदर सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ३५ र सबैभन्दा कम प्रदेश–२ मा १५ जना प्रति एक हजार रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्