Logo

अहिले नै स्कुल नखोल्नूः स्वास्थ्य मन्त्रालय



काठमाडौं, मंसिर २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ। मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको छ।

प्रवक्ता प्रा डा जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताए। ‘आधिकारिक निकायले अनुमति नदिइकन कक्षा सञ्चालन गर्नु हुँदैन। घरमै बसिरहेका बालबालिकालाई समेत संक्रमण भएको छ’, प्रवक्ता गौतमले भने, ‘अहिले स्कुल खोलेर पठनपाठन गराउँदा संक्रमण बढ्न सक्छ। अभिभावकमा समेत संक्रमणको जोखिम बढाउँछ।’

गौतमले कोरोना संक्रमण दर कायमै रहेकाले विद्यालयमा पठनपाठन सुरु गर्दा कोरोना भाइरस संक्रमणको जोखिम झन् बढ्ने बताए। सरकारले कोरोना संक्रमणको जोखिम बुझेर नै विद्यालय बन्द गरेको उनको भनाई रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्