Logo

राजसंस्था किन चाहियो ? अध्यक्ष जबराको यस्तो भनाई (भिडिओसहित)



काठमाडौं, २६ मंसिर । राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले जनताले आफ्नो पार्टीले उठाएका मुद्दा र मागलाई पूर्ण रुपमा साथ दिएको स्पष्ट पारेका छन् । सरकारको अकर्मण्यताको विरुद्धमा आफूहरु सडकमा आएको पनि उनले सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष जबराले वर्तमान सरकार यति बलियो हुँदाहुँदै पनि जनताको हितमा केही पनि काम नगरेको आरोप लगाएका छन् । अहिले भ्रष्टाचार व्याप्त भएको र विभिन्न काण्ड घटेको उनको आरोप छ । उनले आफूहरुको राजसंस्था आफूहरुले मुलुकको एउटा भरपर्दो संस्थाको रुपमा ल्याउन खोजेको स्पष्ट पारे । हेरौं अध्यक्ष जबरासँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्