Logo

मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ



बारा, २६ मंसिर । मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बा.९७ प ३१०९ र बा.६८ प ५५९५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना बिहीबार बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिका–७ बस्ने २२ वर्षीय मान बहादुर श्रेष्ठ र सोही ठाउँ बस्ने कृष्ण दर्लामी मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका–९ शहिदचोकस्थित सडकमा सवारी साधन जाँच गर्ने क्रममा चोरी गरि ल्याएको उक्त मोटरसाइकल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुमाथि चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्