Logo

जबरजस्ती करणी उद्योग अभियोगमा पक्राउ



पाल्पा, २६ मंसिर । जबरजस्ती करणी उद्योग अभियोगमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन् । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा रामपुर नगरपालिका–५ बाँझोबारीका गंगा बहादुर नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गंगाले मादक पदार्थ सेवन गरी ती किशोरीलाई बुधबार राति जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot