एजेन्सी, २६ मंसिर । अमेरिकाका अबका राष्ट्रपति जोय वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई टाइम म्यागाजिनले वर्ष पुरुष घोषणा गरेको छ । म्यागाजिनले उनीहरुलाई वर्षपुरुष घोषणा गर्दै अग्र पृष्ठमा तस्बिर सहित योगदान उल्लेख गरेको छ ।
टाइम म्यागाजिनका प्रधानसम्पादक एडवार्ड फेलसेन्थेलले वाइडेन र ह्यारिसले विभाजनको आक्रोशभन्दा सहानुभूतीको शक्ति महान हुन्छ भन्ने देखाएर अमेरिकी कथालाई परिवर्तन गरेको उल्लेख गरेका छन् ।
यस वर्ष वाइडेन र ह्यारिसले महत्वपूर्ण उपलब्धि हासिल गरेका थिए । वाइडेनले अमेरिकी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका थिए । ट्रम्प र अमेरिकी स्वास्थ्यकर्मी डा. एन्थोनी फाउसी पनि टाइम म्यागाजिनका वर्ष पुरुषका प्रतिष्पर्धी थिए ।
पूर्व उपराष्ट्रपति वाइडेन पाका राष्ट्रपति बन्दैछन् । कमला ह्यारिस पहिलो काला जातिकी एशियाली अफ्रिकी मूलकी महिला उपराष्ट्रपति बन्दैछिन् ।