Logo

थप प्रसारण लाइन बनाउने सहमति



काठमाडौं, मंसिर २७ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले दुई देशबीचका विद्युत् प्रसारण लाइन सुधार गर्ने तथा थप प्रसारण लाइन बनाउने सहमति गरेको छ ।शुक्रबार भर्चुअल रूपमा सम्पन्न बैठकले निर्माण गर्ने भनिएका तर अधुरा प्रसारण लाइन निर्माण सम्पन्न गर्नेदेखि दुई देशीय विद्युत् व्यापारलाई सम्भाव्य बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सहमत भएको जनाइएको छ ।

सहमति अनुसार कोहलपुर–लखनउ चार सय केभी प्रसारण लाइन बनाउन सम्भाव्यता अध्ययन गरिने भएको छ । बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालका अनुसार सो प्रसारण लाइनमा जोडिन सक्ने जलविद्युत् आयोजना, विद्युत् क्षमता र बजार लगायतका विषयमा विस्तृत अध्ययन हुनेछ ।

त्यसैगरी १३२ केभी कुसहा–कटैया प्रसारण लाइन सम्पन्न गर्ने, भारतले क्षमता विस्तार गरिदिने भनिएको रक्सौल–परवानीपुर प्रसारण लाइनको कामलाई पनि गति दिन नेपाल पक्षले गरेको आग्रहलाई भारतले छिट्टै निर्णय गर्ने जनाइएको छ । नौतनवा–मैनवा प्रसारण लाइनको भारतीय खण्ड निर्माणलाई तीव्रता दिन पनि सहमति जुटेको छ । कोहलपुर–नानपारा प्रसारण लाइनको डिजाइन स्वीकृत गरी पठाएको र भारतीय पक्षले बनाउने खण्ड सम्पन्न गराउनेमा पनि नेपाल पक्षले एजेन्डा बनाएको थियो । यसमा भारतीय पक्ष सकारात्मक रहेको जनाइएको छ ।

बैठकले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता निर्धारण दुवै तर्पmका ट्रान्सफरमर विद्युत् लाइन लगायतका संरचना हेरेर दुई महिनाभित्र टुङ्गो लगाउने सहमति गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्