Logo

गोरखपुर हुँदै स्थलमार्गबाट नेपाल भ्रमणमा आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले



काठमाडौं, २५ मंसिर । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तीन दिवसीय नेपाल भ्रमण पूरा गरी शनिबार भारत फर्किएका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको निमन्त्रणमा आएका चौथाइवाले स्थल मार्ग हुँदै बिहिबार विहान नेपाल आएका थिए ।

चौथाइवाले गोरखपुरबाट स्थलमार्ग हुँदै भैरहवा प्रवेश गरी काठमाडौं आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेताहरुलाई भेटे ।

चौथाइवालाले प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशको सम्बन्ध र भविष्यमा कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी गरेको बुझिएको छ । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । त्यसैले उनले मोदीको सन्देश समेत लिएर आएको विश्वास गरिएको छ ।

वैज्ञानिक समेत रहेका डा. चौथाइवालेले यसै वर्ष विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका थिए । उनी नेपाल भारत सम्बन्धबारे विभिन्न वेविनारमा समेत सहभागी भए ।

चौथाइवालेले अधिकांश ओली पक्षीय नेताहरुसँग भेट गरे । उनको भेटलाई अर्थपूर्ण मानिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्