Logo

जन्मदिनमा व्यवसायी शाहीद्धारा बालबालिकालाई सहयोग, धमलाले दिए हौसला



मंसिर २७, भक्तपुर । जन्मदिनको अवसरमा युवा उद्यमी तथा निर्माण व्यवसायी शान्ति शाहीले बाल सुधार गृहमा सहयोग गरेकी छिन् । सानोठिमीस्थित बाल सुधार गृहमा १ सय ८० जना बालबालिकालाई पुग्ने गरी स्टेशनरी र खाजा वितरण गरेकी हुन् । ति सबै बालबालिकाहरु विभिन्न मुद्धामा जेल परेका हुन् । बालबालिका भएकाले सरकारले जेलको सट्टा बाल सुधार गृहमा राखेको हो । ठूला होटलमा फजुल खर्च गर्नुभन्दा सहयोग गरौँ भन्ने सोचले कार्यक्रम गरेको शाहीको भनाई छ ।

कार्यक्रममा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई अतिथीको रुपमा उपस्थित गराइएको थियो । धमलाले बालबालिकालाई सुधार गृहमै राखेर पनि सबै व्यवस्था गर्न सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कोही जेलमा पर्नु नै गलत नहुने भएकाले तिनलाई सुधारको बाटोमा लैजानुपर्नेमा जोड दिए । धमलाले भने–’सबै मान्छे जेल पर्छन् । आत्तिनुहुँदैन, आत्मबल बलियो बनाउनुपर्छ । अनुशासित भएर सकारात्मक सोच राख्यो भने सफल भइन्छ ।’



प्रतिक्रिया दिनुहोस्