काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री डा. नारायण खड्काले वर्तमान सरकार सतही कुरामा लागेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले सरकारले हालै ल्याएको विदेश नीति पनि धेरै लामो रहेको गुनासो पोखे । गत अगष्ट १५ बाट भारतले आफूलाई विदेश सम्बन्धमा सक्रिय बनाएको सुनाउँदै त्यसमा पनि छिमेकीहरुसँग झनै बढि सक्रिय भएको खड्काले सुनाए । नेता खड्काले परराष्ट्र मन्त्रालय कसले चलाउँछ ? भनेर पनि प्रश्न सुनाए ।