Logo

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकः बंगलादेशलाई विद्युत् विक्री गर्न दिन भारत सकारात्मक



काठमाडौं, मंसिर २८ । भारतले नेपालको विद्युत्लाई आफ्नो भूमि हुँदै बंगलादेशसहित अन्तरराष्ट्रिय बजारमा विस्तार गर्न आवश्यक सहयोग गर्ने बताएको छ । नेपालको विद्युतलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन आफूहरूले नीतिगत रूपमा नै बाटो खुला गर्ने भारतको प्रतिबद्धता रहेको छ ।

शुक्रवार सम्पन्न नेपाल–भारत आठौं ऊर्जा सचिवस्तरीय भर्चुअल बैठकमा भारतीय पक्षले यस्तो प्रतिबद्धता दिएको हो । यसका लागि नेपाल, भारत र बंगलादेशको ऊर्जा सचिवस्तरीय वार्ता छिट्टै आयोजना गर्ने सहमति पनि भएको छ ।

नेपालका ऊर्जा सचिव दिनेश घिमिरेले बंगलादेशको बजारमा नेपालकोे विद्युत् पुर्‍याउन तीनओटै देशका ऊर्जा सचिवस्तरीय बैठक आयोजना गर्ने सहमति भएको बताए । उक्त बैठक आह्वानका लागि नेपाल र भारतका परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने सहमति पनि भएको उनको भनाइ छ ।

‘नेपालको विद्युत् बंगलादेशसम्म पुर्‍याउने मामलामा भारत एकदम सकारात्मक देखिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्