Logo

सडक विभागले तोड्यो १३ रुग्ण ठेक्का



काठमाडौं, मंसिर २८ । सबैभन्दा धेरै रुग्ण ठेक्का तथा आयोजना भएको सडक विभागले २ वर्षको अवधिमा जम्मा १३ ओटा रुग्ण अवस्थाका आयोजनाहरूको ठेक्का सम्झौता तोडेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मा सार्वजनिक गरेको ‘रुग्ण ठेक्काको व्यवस्थापन अध्ययन तथा विश्लेषण प्रतिवेदन ९२०७५’ मा विभागअन्तर्गत ९०६ ओटा रुग्ण ठेक्का तथा आयोजनाको पहिचान गरेको थियो । तीमध्ये १३ ओटाको ठेक्का विभागले तोडेको हो ।

रुग्ण ठेक्का सम्झौता तोडेको संख्या कम देखिए पनि विभागले ठेक्का व्यवस्थापन तथा फरफारकमा भने सुधार गरेको छ । विभागको चालू आर्थिक वर्ष ९आव० २०७७र७८ को पहिलो चौमासिक प्रतिवेदनअनुसार त्यस्ता रुग्ण ठेक्का व्यवस्थापनको संख्या ४९१ रहेको छ । ठेक्का तोडिएकासहित २१० ओटा आयोजनाको काम सम्पन्न भएको छ ।

फरफारक पारिएकाको संख्या ९८ र प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण भएका ठेक्का र आयोजनाको संख्या १७० रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सडक विभागको आन्तरिक अध्ययनले भने यस्ता रुग्ण ठेक्का तथा आव २०६६÷६७ पछि म्याद थप भएकाको संख्या १३९७ देखाएको थियो । विभागले आयोगले पहिचान गरेकासहित ४९१ रुग्ण ठेक्का तथा म्याद थप गरिएका योजनाको संख्यासमेत राखी पहिलो चौमासिक प्रतिवेदन बनाएको हो ।

प्रतिवेदनअनुसार त्यस्ता खाले ठेक्कामध्ये चालू तथा निर्माणाधीन अवस्थामा जम्मा १७३ आयोजना रहेका छन् । यसैगरी बजेट व्यवस्था गरी फरफारकका लागि कारबाही अघि बढाउनुपर्ने ठेक्काको संख्या ८४ रहेको छ । अझै पनि रुग्ण अवस्थामा रहेका ठेक्का तथा आयोजनाको संख्या १५८ रहेको विभागको प्रतिवेदनमा उल्लेख छ ।

विभागले तयार गरेको अध्ययन प्रतिवेदनअनुसार म्याद थप भएका करीब डेढ खर्ब रुपैयाँ बराबरका १ हजार ३९७ आयोजनाको काम सम्पन्न हुन नसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्