Logo

रोजगारी बढाउन चौबीस करोडको परियोजना



काठमाडौं, मंसिर २८ । कोभिड–१९ सङ्क्रमणका कारण अति प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सहकार्य गरेका छन् ।

जीवनयापन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना घोषणा गर्दै रोजगारी गुमाएका पर्यटन मजदुरका लागि अल्पकालीन रोजगारी उपलब्ध गराउन दुवै संस्थाले सम्झौता पनि गरेका छन् ।

२४ करोड रुपियाँभन्दा केही बढी लगानीसहितको उक्त परियोजनाले खासगरी प्रभावित समुदाय, महिला र पर्यटनमै पूर्ण आश्रित समूहलाई रोजगारी दिने लक्ष्य राखेको छ ।

सम्झौतामा बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मी र यूएनडीपीका आवासीय प्रतिनिधि आयसेनी मेडाङ्गोडा लाबेले हस्ताक्षर गरेका छन् । यो परियोजनाले कम्तीमा एक हजार छ सयलाई रोजगारी दिने लक्ष्य राखेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्