Logo

नेशनल अस्पताल कलंकीले गर्यो दुर्लभ समस्या भएका नवजात शिशुको सफलतापुर्वक शल्यक्रिया



काठमाडौं, २८ मंसिर । प्याङक्रियाजमा अत्यन्तै दुर्लभ समस्या भएकी दश दिनकी नवजात शिशुको नेपाल नेशनल अस्पताल कलंकीमा सफलापूर्वक शल्यक्रिया भएको छ । शल्यक्रिया गरिएको छ दिनमै शिशु शनिबार डिस्चार्ज समेत भएकी छिन् ।

अस्पतालका बाल शल्य विशेषज्ञ डा. सुमन विक्रम अधिकारीको टिमले उनको प्याङक्रियाजको सफलतापुर्र्वक शल्यक्रिया गरेको हो । शिशुले शुरुमा आमाको दुध वान्ता गरेको र पछि हरियो वान्ता गर्ने गरेको डा. अधिकारीले बताए । परीक्षणको क्रममा उनको प्याङक्रियाजमा र्दुलभ समस्या पाइएपछि जोखिम मोलेर शल्यक्रिया गरिएको जानकारी दिए ।

बच्चामा देखिएको रोगको लक्षण हेरेर आन्द्रामा समस्या भएको लागेपछि तुरुन्त मुटुको इको गरेको उपचारमा खटिएका डा. सुमन बिक्रम अधिकारीले बताए । सबै सम्बन्धित व्यक्ति र डाक्टरहरुसँगको सल्लाहले मात्र शल्यक्रिया गर्ने निष्कर्षमा पुगेको जानकारी दिए । उनले भने, ‘यो धेरै जोखिम काम हो ।’

‘५० हजार भर्खर जन्मिएका शिशु मध्ये एक जनामा हुने यो दुर्लभ समस्यामा बच्चाले हरियो बान्ता गर्ने गर्दछ,’ डा. अधिकारीले भने, ‘यो समस्यासँगै मुटुको पनि समस्या हुन सक्ने सम्भावना हुन्छ ।’ उनले भविष्यमा बच्चालाई यो समस्या नदोहोरिने समेत बताए । खानेकुरा जहाँसम्म पुग्नुपर्ने त्यो रोकिएको र शल्यक्रियाले यसलाई खोलिदिएको उनको भनाई छ।

बच्चाको आन्द्रा कल्पना गरिएको भन्दा पनि धेरै पत्रले बेरिएको रहेछ भन्दै उनले नेपालमा यही समस्या ठ्याक्कै नभएपनि हरियो वान्ता गर्ने समस्या धेरै भएको बताए ।

भिडियो : 

 



प्रतिक्रिया दिनुहोस्