Logo

१० केजी तौल घटाउँदै अनमोल



काठमाडौं, २८ मंसिर । नेपाली चलचित्रका चर्चित अभिनेता अनमोल केसी हाल ‘ए मेरो हजुर ४’ फिल्ममा व्यस्त छन् । दशै अगाडि फिल्म रिलिज हुने भनिएता पनि कोरोना भाइरस महामारीको कारण छायांकन रोकिएको थियो ।

दशंैबाट सुरु भएको फिल्मको सुर्टिङको काम हाल पनि रोकिएको छ । चार भाग मध्ये ३ भागको काम सकिएको ‘ए मेरो हजुर ४’ निर्माण पक्षले जनाएको छ । विमानस्थल र अस्पतालका भिडभाडका दुृष्य लिनु पर्ने भएकोले तत्काललाई फिल्मको काम रोकिएको जनाइएको छ ।

अभिनेता केसी फिल्मको बाकी रहेको एक भाग सुर्टिङको लागि १० केजी तौल घटाउन लागेका हुन् । फिल्ममा अनमोल गम्भीर बिरामी देखिनु पर्नेछ । फिल्मका निर्माता सुनिल थापा हुन् । उनले ‘ए मेरो हजुर ३’ फिल्मको सफल निर्माण गरिसकेका छन् जसमा उनकै छोरी सुहाना थापा र अनमोल केसीले रोमान्स गरेका थिए । उक्त फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो ।

अनमोलले उनकै पिता भुवन केसीले निर्माण गरेको फिल्म ‘क्याप्टेन’ मा पनि १२ केजी तौल घटाएका थिए । नायिका झरना थापाले निर्देशन गरेको यस फिल्ममा सलोन बस्नेतको पनि मुख्य भुमिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्