एजेन्सी, २८ मंसिर । बलिउडको चर्चित कलाकार टाइगर श्राफ सामाजिक सञ्जालमा धेरै सक्रिय रहन्छन् । जहाँ उनले आफ्नो फ्यानसँग आफ्नो जिन्दगीसँग जोडिएका सेयर गर्दै आएका छन् । उनका फिमेल फ्यान फलोअर्स धेरै छन् ।
भर्खरै मात्र टाइगरले आफ्नो फ्यानहरुको लागि ‘आक्स मि एनीथिंग’ सेयर गरेका थिए । टाइगरले आफुलाई केही सोध्न भनेपछि एक महिला फ्यानले विवाहको लागि प्रस्ताव पनि राखेकी छिन् । यो प्रश्नको जवाफ टाइगरेले सबैको मन बुझ्ने गरिदिएका छन् ।
एक फ्यानले टाइगरलाई लेखेकी छिन्, ‘मसँग विवाह गर्न युके आउनुहोस् ।’ यो प्रस्तावमा धेरै मायालु पाराले उनले लेखेका छन्, ‘शायद केही वर्षपछि, तिम्रो साहारा बन्न पाउ त्यति बेलासम्म केही पढ्नु र कमाउनु छ ।’ टाइगरको यस जवाफ सुनेर उनका फ्यानहरुपनि खुशी हुँदै तारिफ गरेका छन् ।
अभिनेताले यस सेशनमा मानिसहरुसँग क्रस सवाल र मन पर्ने फिल्मको बारेमा पनि सोधेका थिए । टाइगरले साउथ सुपरस्टार अल्लु अर्जुन आफ्नो मन पर्ने कलाकार भएको र उनले जस्तै डान्स गर्न चाहेको बताएका थिए । टाइगरले इतिहासको शिक्षकसँग पहिलो पटक प्रभावित भएको बताएका छन् ।