Logo

कालो बिकिनीमा निया शर्मा



एजेन्सी, २८ मंसिर । टिवीको बोल्ड कलाकार निया शर्मा प्रायः आफ्नो तस्वीरको कारण चर्चामा भइरहन्छिन् । निया शर्माले हाल गोवामा बिदाको आनन्द लिइरहेकी छिन् । यस क्रममा नियाले आफ्नो केही धेरै बोल्ड तस्वीरहरु फ्यानहरुलाई सेयर गरेकी छिन् । तस्वीरमा निया शर्मालाई कालो बिकिनीमा समुन्द्रको किनारमा देख्न सकिन्छ । तस्वीरमा नियाले खुल्ला रुपमा बिकिनीमा पोज दिएकी छिन् ।

नियाले तस्वीर सेयर गर्दै क्याप्सनमा एक प्रश्न र उसको जवाफ पनि लेखेकी छिन् । उनले लेखेकी छिन्, सवालः ‘दुई रातमा फुलेको शरीरको बीच बाडीमा कसरी बदलिन्छ ?’ जवाफः ‘तपाइँ यस्तो गर्न सक्नुहुन्न ।’ उनका फ्यानहरुले तस्वीरलाई धेरैले मन पराएर जमेर प्रतिक्रिया पनि दिएका छन् ।

निया शर्मा प्राय आकर्षक र बोल्ड तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै आएकी छिन् । निय शर्मा एशियाको तेस्रो मोस्ट आकर्षक महिलाको किताबमा पनि नाम लेखाइसकेकी थिइन् । उनले टिवी सीरियल कालीबाट करियर सुरु गरेकी थिइन् । यसपछि ‘एक हजारोमा मे मेरी बहना है मा देखिएकी थिइन् । अब चाडैनै ओटीटी प्लेटफर्ममा रवि दुबेको साथमा ‘जमार्इृ राजा २.०’ को दोस्रो सीजनमा देखिदैछन् ।

Source:Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot