Logo

आज ९ कोरोना संक्रमितको मृत्यु



काठमाडौं, २८ मंसिर । कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ८ सय ३० थपिएका छन् । आज १ हजार ५ सय कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४८ हजार ४ सय २३ संक्रमित भएपनि २ लाख ३५ हजार ७ सय ३१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १० हजार ९ सय  ९४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म  १८ लाख ३१ हजार ४१ जनाको पिसीआर परिक्षण भएको छ भने त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५ सय १६ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्