Logo

छिमेकीलाई लक्षित गरी भरुवा बन्दुक पड्काउँदा…



सिन्धुली, २८ मंसिर । छिमेकीलाई लक्षित गरी भरुवा बन्दुक पड्काएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई लक्षित गरी भरुवा बन्दुक पड्काएको अभियोगमा कमलामाई भुवनचोकका गगन बहादुर वाईबा पक्राउ परेका हुन् ।

सोही ठाउँ बस्ने ३१ वर्षीय पञ्च बहादुर तामाङले गगनलाई तिर्नुपर्ने ८ सय रुपैयाँ तिर्नका लागि छिमेकी पञ्चमान बाइबालाई १ हजार रुपैयाँ दिई पठाएकोमा उक्त रकम दिई बाँकी नगद २ सय रुपैयाँ फिर्ता माग्दा पञ्चमान र गगनबीच भएको विवादमा गगनले भरुवा बन्दुक पड्काउँदा पञ्चमानकी छोरीलाई छर्रा लागेर घाइते भएकी थिइन् ।

ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले गगनलाई पक्राउ गरेको बताएको छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाएको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्