Logo

फरार प्रतिवादी पक्राउ



कैलाली,२८ मंसिर । विभिन्न मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले शनिबार साझ पक्राउ गरेको छ । राष्ट्रिय तथा सार्वजनिक सम्पदा बिरुद्धको कसूर मुद्धा र राज्य बिरुद्धको कसुर चन्दा उठाउन प्रतिबन्ध र हातहतियार खरखजना तथा संगठित अपराध विरुद्धको मुद्धाका फरार प्रतिवादी बझाङ मष्टा गाउँपालिका–३ का जोग बहादुर कठायत पक्राउ परेका हुन् ।

उक्त मुद्दामा जिल्ला अदालत बझाङबाट पक्राउ अनुमति भई फरार भएका उनलाई क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका–५ चक्मेली चोकबाट पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्