Logo

संक्रमणमुक्त हुने दर बढ्दो



काठमाडौं, मंसिर २९ । देशभर कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितभन्दा संक्रमणमुक्त हुने दर उल्लेखनीय रहेको छ । पछिल्लो एक सातालाई आधार मान्दा ७ हजार ४ सय ४२ संक्रमित थपिएकामा ९ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् । जसमा ४६ हजार ५ सय २२ जनाको कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार १ हजार १४ जना संक्रमित थपिएकामा १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । मंगलबार १ हजार ३ सय ८२ संक्रमित थपिएकामा १ हजार ६ सय २१ जना संक्रमणमुक्त र बुधबार १ हजार ५६ संक्रमित थपिएकामा १ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै बिहीबार १ हजार २ सय १७ जना संक्रमितमध्ये १ हजार ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार १ हजार ४४ संक्रमित थपिएकामा १ हजार २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । शनिबार ८ सय ९९ संक्रमित थपिएकामा १ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । आइतबार ८ सय ३० जना संक्रमित थपिएका छन् भने १ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर २ लाख ४८ हजार ४ सय १३ संक्रमितमध्ये २ लाख ३५ हजार ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमणमुक्त हुने दर ९४ दशमलव ६० रहेको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित रहेका आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्