Logo

नियमार घाइते, स्टेचरमा मैदानबाट लगिए



एजेन्सी, २९ मंसिर । फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन लियोनसँग १-० ले स्तब्ध भएको छ । गएराति सम्पन्न खेलमा हारसँगै उसले स्टार स्ट्राइकर नियमार घाइते भएको पीडा समेत भोगेको छ ।

एन्कलमा समस्या भएपछि नियमारलाई स्टेचरमा राखेर मैदान बाहिर लगिएको थियो । थियगो मेन्डेजले नियमारलाई फल हानेका थिए । पीडाले उनी निकै चिच्याएको सुनिन्थ्यो । मेन्डेज रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

नियमार कति घाइते भएका छन् भन्ने खुलाइएको छैन । उनको परीक्षणबाट यसको जानकारी दिइने बताइएको छ ।

२८ वर्षीय नियमार विश्वकिर्तिमानी २२ करोड २० लाख युरोमा २०१७ मा बार्सिलोनाबाट पिएसजी गएका थिए । उनी पिएसजी आएपछि टोलीलाई लगातार तीनवटा फ्रेन्च लिग जित्नुका साथै गत वर्ष च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्