Logo

सचिवको दरबन्दी कटौती, राष्ट्रिय सूचना आयोगमा अब सहसचिव नै प्रमुख



काठमाडौं, २९ मंसिर । सरकारले राष्ट्रिय सूचना आयोगमा रहेको सचिवको दरबन्दी कटौती गरेको छ । आयोगमा कार्यबोझअनुसार सहसचिवकै दरबन्दी पर्याप्त हुने निष्कर्षका आधारमा गत साताको मन्त्रिपरिषद् बैठकले सचिवको दरबन्दी कटौती गरेको हो ।

गत महिना काठमाडौं महानगरपालिकामा रहेको सचिवको दरबन्दी पनि कटौती गरिएको थियो । यस्तै, हालै बढुवा भएका दुई सचिवको पदस्थापन भएको छ । सुरेश आचार्यको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र मणिराम गेलालको राष्ट्रिय सतर्कता केन्द्रमा पदस्थापन भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot