काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य जर्नादन शर्माले किसानले उखुको मूल्य तत्काल पाउनुपर्ने बताएका छन् । उनले सरकारले किसानलाई आन्दोलनमा आउन वाध्य पार्ने काम गर्न नहुने बताएका हुन् ।
आज ट्वीट गर्दै शर्माले किसानलाई आन्दोलनमा नभई खेतमा पठाउन आग्रह गरे । उनले भने: सरकारले किसानलाई उत्पादनमा केन्द्रित गर्नु पर्ने बेला माइतीघर आउन बाध्य पार्ने काम किमार्थ राम्रो होइन । तत्काल उखुको मुल्य किसानले पाउने व्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु ।। “किसानलाई आन्दोलनमा होइन खेतमा पठाउ”