Logo

मानव बेचविखनमा संलग्न महिला पक्राउ



काठमाडौं, २९ मंसिर । मानव बेचविखनमा संलग्न फरार प्रतिवादी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखनमा संलग्न फरार रहेका प्रतिवादी काठमाडौं कुमारीगाल बस्ने सिन्धुपाल्चोक घर भएकी ५० वर्षीया अनिता तामाङ भन्ने अनिता सुनुवार आइतबार पक्राउ परेकी हुन् ।

उनीमाथि २०७३ चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी ५ जनालाई गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई, कतार, मोजाम्बिक हुँदै साउथ अफ्रिकासम्म पु¥याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४र५ महिनासम्म बन्धक बनाएको घटनामा संलग्न रहेको आरोप लागेको छ ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं कुमारीगालबाट पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न ताप्लेजुङ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई सोही व्यूरोबाट खटिएको प्रहरीले मङ्सिर १६ गते पक्राउ गरेको जानकारी पनि दिएको छ ।

उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको उक्त व्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्