Logo

गाँजा सहित पक्राउ



काठमाडौं, २९ मंसिर । अवैध लागूऔषध सहित ३ जना बुधबार पक्राउ परेका छन् । पोखरा काँहु भञ्ज्याङबाट नियन्त्रित लागूऔषध ६४ एम्पुल डाईजापाम, ६५ एम्पुल नुर्फिन, ६७ एम्पुल फेनारागन, २० ग्राम अवैध लागूऔषध गाँजा, २ थान मोबाइल र नगद २ हजार ८ सय ४० रुपैयाँ सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा माटेपानीका ३२ वर्षीय रमेश गुरुङ, पोखरा काहुभन्जयाङका २१ वर्षीय मुकेश बिक र पोखरा चापापानीका २९ वर्षीय नवराज गुरुङ रहेका छन् । लागूऔषध बेचबिखन तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्