Logo

बालिकालाई बलात्कार गरेको अभियोगमा ७० वर्षका वृद्ध पक्राउ



नुवाकोट, २९ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलकोटगढी डाँडार्खकका ७० वर्षीय केदार बहादुर बासकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

केदारले ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेका थिए । प्रहरी चौकी झिल्टुंङ तिनपित्लेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्