Logo

बहराइनद्वारा चिनियाँ खोप स्वीकृत



एजेन्सी, २९ मंसिर । चिनियाँ खोप निर्माता कम्पनी सिनोफार्मद्वारा निर्मित कोरोना भाइरसविरुद्वको खोप बहराइनले प्रयोगमा ल्याउन स्वीकृती दिएको छ । बहराइनले खोप प्राप्त गर्न अनलाइनमार्फत आफ्ना नागरिकलाई रेजिस्ट्रेशन गर्न अनुमति समेत दिइसकेको छ ।

सिनोफार्मले तत्काल दूई खोपमाथि कार्य गरिरहेको छ । बहराइनले त्यसमध्ये कुन खोप प्रयोगमा ल्याउन विषयलाई सार्वजनिक भने गरेको छैन् । सिनोफार्मद्वारा निर्मित खोप तेस्रो परिक्षण्मा ८६ प्रतिशत प्रभावकारी देखिएपछि बेहराइनले स्वीकृती दिएको हो। १८ वर्ष भन्दा माथि उमेरको बेहराइन बासीले अनलाइन मार्फत खोपको रेजिसट्रशन गर्न पाउने विषयमा बहराइन स्वास्थ्य मान्त्रालयले जनाएको छ । बहराइनले आपत्कालिन अवस्थाका लागी फाइजरलाई प्रायेग समेत गर्दे आएको थियो ।

सिनोफार्मद्वारा निर्मित खोपको परिक्षणले प्रतिकुल घटना देखाएपछि पेरु सरकारले उक्त खोपलाई प्रतिबन्ध लगाएको थियो । उक्त विषयको पुष्टिका लागि उक्त स्वयम सेवकलाई परिक्षण क्रममा राखिएको छ । सिनोफार्मले पेरुको १२ हजार स्वयमसेवकमाथि पहिलो चरणको परिक्षण गरेको थियो । पेरुले परिक्षणका लागी लगाएको प्रतिबन्ध पूर्ण रुपले जारी गरिएको छैन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्