Logo

भारतीय शेयर बजार नयाँ उचाईमा, बजार पूँजीकरण १८३.७९ लाख करोड



एजेन्सी २९ मङ्सिर। कारोबारको पहिलो कारोबार दिन सोमबार भारतीय शेयर बजारमा शानदार सुरुवात देखिएको छ ।

यसदिन सेन्सेक्स २०४.८७ अंकको बढोत्तरीका साथ ४६ हजार ३०३.८८ बिन्दु माथि र निफ्टी ६०.५५ अंकको बढोत्तरीका साथ १३ हजार ५७४.४० बिन्दुमा पुगेर कारोबार गरिरहेको छ ।

यद्यपी कारोबारका क्रममा सेन्सेक्सले ४६ हजार ३७३.३४ मा र निफ्टीले १३ हजार ५९७.५० को स्तर छोयो । यो दुवै इन्डेक्सको हालसम्मकै उच्च बिन्दु हो ।

बजारमा उच्च बढोत्तरीसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण १८३.७९ लाख करोड रुपए नाघेको छ ।मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्