Logo

अजय देवगनको फिल्म ‘मैदान’ रिलिजको डेट घोषणा



एजेन्सी, २९ मंसिर । बलिउड कलाकार अजय देवगनका केही फिल्महरु रिलिजको पर्खाइमा छन् । यी फिल्म मध्ये एक हो ‘मैदान’ । यो फिल्मको सुटिङ धेरै समयबाट भइरहेको थियो तर कोरोना भाइरसको कारण काम प्रभावित भएको थियो । यो फिल्मको रिलिज डेट पनि २ पटक परिर्वतन भएको छ । हाल फिल्मको रिलिज मिती देवगनले तोकेका छन् ।

अजय देवगनले पोस्ट गर्दै फिल्म रिलिज १५ अक्टोबर २०२१ मा हुने घोषणा गरेका छन् । यो फिल्म अब आउने दशैको अवसरमा रिलिज हुनेछ । देवगनको यो फिल्म धेरै ठुलो स्केलमा रिलिज हुनेछ । फिल्म निर्माताले ४ भाषामा रिलिज गर्ने भएका छन् । हिन्दी, तमिल, तेलुगु र मलयालम भाषामा रिलिज हुनेछ ।

सुरुमा यहि डिसेम्बरमा रिलिज हुने भनिएको यो फिल्म २०२१ अगष्ट मा रिलिज मिती सारिएको थियो । मैदान फिल्ममा अजयले फुटबल कोचको भुमिका निभाएका छन् । यो कुनै बायोपिक फिल्म भने होइन् । अजयको साथमा प्रियामणि, गजराव राय र बोमन ईरानीको मुख्य भुमिका रहेका छ । फिल्मको लेखन सैवय कुरदास, अमित शर्मा र रितेश शाहले गरेका हुन् भने निर्देशन अमित शर्माको रहेको छ । मैदान फिल्म भारतीय राष्ट्रिय फुटबल टीमको कोच तथा प्रबन्धक सैयद अब्दुल रहिमबाट प्रेरित भएको एक जीवनीमा आधारित खेल ड्रामा हो ।



प्रतिक्रिया दिनुहोस्