Logo

इन्टरनेटमा भाइरल आमिर खानकोे यो शर्टलेस तस्वीर



एजेन्सी, २९ मंसिर । बलिउड सुपरस्टार आमिर खान हाल फिल्म ‘लाल सिंह चट्टा’ लाई लिएर चर्चामा छन् । आमिर खानलाई बलिउडको मिस्टर परफेक्टनिस्ट भनेर पनि चिनिन्छ । उनले निभाएका हरेका भुमिकालाई दर्शकहरुले मन पराउदै आएका छन् । यहि समयमा उनको एक तस्वीर भाइरल भएको छ, जसमा उनी शर्टलेसमा देखिएका छन् ।

आमिरको यो तस्वीर फोटोग्राफर अविनाश गोवारिकरले इन्स्टाग्राममा सेयर गरेका हुन् । तस्वीरमा आमिर सोफामा बसेका आमिर नाङ्गो शरीरमा छन् । तस्वीर सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘पैकअप शुटपछि आमिर खानको साथमा ।’

यो तस्वीर हेरेर विश्वास नै गर्न गाह्रो हुन्छ हाल उनी ५५ वर्ष प्रवेश गरेका छन् । हातमा सिगरेट पाइप लिएका आमिर धेरै ह्यान्डसम र कुल देखिएका छन् । उनका फ्यानहरुले उनको यस तस्वीरलाई जमेर तारिफ गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्