Logo

ओलीले राजतन्त्र ल्याए थाहाछैन- देउवा



हेटौंडा, २९ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथ राजा फर्काउने माहोल सृजना गरिरहेको आरोप लगाएका छन् । उनले ओलीकै कारण राजतन्त्रका पक्षमा सडकमा नारा लाग्न थालेको आरोप समेत लगाए ।

‘ओलीकै कारण राजा आऊ देश बचाऊ भन्ने नारा सडकमा लाग्न थालेको छ,’ काँग्रेसको देशव्यापी प्रदर्शनका क्रममा हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘ओलीले राजतन्त्र ल्याए थाहाछेन ।’ प्रधानमन्त्री ओलीमाथि सर्वसत्तावादी बनेको आरोप लगाउँदै देउवाले लोकतन्त्रवादी गम्भीर हुनुपर्ने बेला आएको बताए ।

प्रधानमन्त्री ओलीको गणतन्त्रप्रतिको प्रतिवद्धतामा देउवाले शंका गर्दै उनको कार्यशैली गणतन्त्रविरोधी बन्दै गएको टिप्पणी गरे । उनले प्रश्न गरे,‘ओलीको पालामा किन राजावादी चिच्याइरहेका छन् ?’

काँग्रेस कुनै हालतमा राजा फर्काउने पक्षमा नरहेको स्पष्ट पारे । उनले भने,‘राजा फर्कनेवाला छैन ।’ भागेको राजालाई २००७ सालमा फर्काएको तर काँग्रेसलाई नै दुःख दिएको उल्लेख गरे । आफूले पनि राजालाई सहयोग गर्छु भन्दा उल्टै थुनेको स्मरण गराए । काँग्रेस लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा सधै सक्रिय रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्