Logo

विद्यालय खोल्न हतार नगरौँ



काठमाडौं, मंसिर ३०। कोरोना सङ्क्रमणको जोखिम उच्च रहेका चार जिल्लामा तत्काल विद्यालय नखुलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा अझै पनि सङ्क्रमितको सङ्ख्या उच्च रहेको तथा जोखिम कम नभएकाले केही समय पर्खन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अन्य जिल्लामा केही सहज अवस्था भए पनि उपत्यकाका तीन जिल्ला र कास्कीमा भने विद्यालय पुनः सञ्चालनमा ल्याउन नहुने बताए ।

उनले देशभरका कुल सङ्क्रमितमा ४० देखि ६० प्रतिशत उपत्यकाका तीन जिल्लाकै भएका कारण यो अवस्थामा विद्यालय सञ्चालन गरेर जोखिम उठाउन नहुने बताउँदै यस्तो अवस्थामा विद्यालय सञ्चालन गरिए पुसमा कोरोनाको जोखिमको अवस्था भयावह हुनसक्ने बताए ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्