Logo

‘राजतन्त्र आउँदैन’



हेटौँडा, मंसिर ३०। नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनता सङ्घीय गणतन्त्रको पक्षमा रहेकाले सडकमा नारा लगाउँदैमा अब राजतन्त्र नआउने बताएका छन् ।

नेपाली काँग्रेसले सोमबार ७७ वटै जिल्लामा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बागमती प्रदेशको राजधानी हेटौँडामा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘‘राजा आऊ देश बचाऊ भनेर सडकमा नारा लगाउँदैमा राजतन्त्र आउनेवाला छैन र आउने अवस्था पनि छैन ।’’

उनले राजा आऊ देश बचाऊ भन्दै सडकमा गरिएको प्रदर्शनको औचित्य समाप्त भएको दृष्टान्त औँल्याएका छन् । विगतमा जनताको अधिकार जनतालाई नै दिऊँ भन्दा तत्कालीन राजाले आफूलाई थुनेको चर्चा गर्दै सभापति देउवाले वर्तमान सरकारको कामजोरीले पूर्व राजाका समर्थक सडकमा आएका बताए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै दलित, जनजाति, विपन्न लगायतका अधिकारलाई समृद्ध र उनीहरूको पक्षमा काम गर्ने दायित्व काँग्रेसमा आएको समेत सभापति देउवाले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot