कञ्चनपुर, मंसिर ३० । बैतडीमा माथिल्लो ओठ फाटेको, मलद्धार नभएको, नाकको प्वाल नभएको र मुखको छेउमा मासुका डल्ला पलाएको अनौठो शिशु जन्मेको हप्तादिन नवित्दै कञ्चनपुरमा समेत अनौठो बच्चाको जन्म भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन् । झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा दुवै हात नभएको अनौठो शिशुको जन्म भएको हो।
पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले भनाई छ । “शिशुका दुवै हात छैनन्”, उनले भने, “आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।”
केहि दिन पहिले बैतडीको सुर्नाया गाउँपालिका –५ मडकी २१ वर्षीया गिता विकले पहिलो सन्तानको रुपमा माथिल्लो ओठ फाटेको, मलद्धार नभएको, नाकको प्वाल नभएको र मुखको छेउमा मासुका डल्ला पलाएको अनौठो बच्चाको जन्म दिएकी थिईन्।